Paschim Express
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दोस्रोपटक दिएको समय आज सकिँदै छ ।  प्रदेश प्रमुख नाजिर मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा दिएका थिए । 

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमलबहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । यसअघि पेस गरिएका दुबै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । 

सत्ता गठबनधनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ । तर, नेकपा एमालेले भने समाजवादीलाई सोडारीबाहेक अन्यलाई मुख्यमन्त्रीका लागि अगाडि सार्न दबाब दिइरहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update