Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले दाबी पेश गर्दै, एमालेको पनि साथ

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।

यसअघि एमालेले एकीकृत समाजवादीको नेतृत्व स्विकार गर्ने भने पनि सोडारीबाहेक अन्यलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान लिएको थियो । तर, अहिले एमाले आफ्नो अडानबाट पछि हटेको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update