Paschim Express
राति बझाङमा चारपटक गयो भूकम्प

बझाङ। बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो ।

केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१ रेक्टर स्केलको, १२ :५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

हिजो मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए ।

भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो । प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update