Paschim Express
जंगलमा लागेको आगोबाट बैतडीका दुई घरमा आगलागी

बैतडी । जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी भएको छ ।

पञ्चेश्वर गाउँपालिका–४ भनकुडा स्थित जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो। सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको र उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update