Paschim Express
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन

काठमाडौं। सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो ।

बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य हात पार्‍यो । ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो । अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसाथ पाँचौं स्थानमा रह्यो ।

सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौं तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश सातौं भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र/छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रा समान १/१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

Untitled-3.gif'_'.2024-04-19-1713504540.gif

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update