Paschim Express
घोडाको सवारी गरेर खप्तड जाँदै पूर्व युवराज पारस

काठमाडाैं । पूर्व युवराज पारस शाह खप्तड राष्ट्रिय निकुञ्ज भ्रमणका लागि हिँडेका छन् । डोटीको बाटो भएर उनी घोडा चढेर खप्तडतर्फ गइरहेका हुन् । उनी अहिले झिग्राना पुगेका छन् ।

खप्तड सुदूरपश्चिमका चारवटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो । सरकारले विसं २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो, जसलाई अहिले सेनाले संरक्षण गरेको छ ।

प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रूखका थुम्काहरू छन् । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म मानिसहरु भ्रमणका लागि जाने भए पनि वर्षामा लाग्ने गंगा दशहरा मेलामा यहाँ विशेष भीड हुनेगर्छ ।

निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म मानिसहरु भ्रमणका लागि जाने भए पनि वर्षामा लाग्ने गंगा दशहरा मेलामा यहाँ विशेष भीड हुनेगर्छ ।

खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र मानिने स्थल छन् । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र मानिने स्थल छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update