Paschim Express
डडेल्धुरामा एक युवक मृत फेला 

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिका–१० ढकानीका २० वर्षीय रमेश खाती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

आइतबार उनी घरको कोठामा पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update