Paschim Express
आफै चढेको ट्याक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको डिलासैनी गाउँपालिका-१ को कार्यालय नजिक गुड्दै गरेको ट्याक्टरले किच्दा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।  

गुड्दै गरेको ट्याक्टरको पछाडिको टायरमा च्यापिएर सोही ठाउँ बस्ने अन्ताजी २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

बसन्तपुर तुफानडाडा बर्मबाट सिमारतर्फ गइरहेको सु.प.प्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरका ढालामा सवार भट्टको एक्कासी खसेर पछाडीको टायरमा च्यापिएर घटनास्थलमै मृृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय पाटनको टोलीले चालक र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको र ट्याक्टर नियन्त्ररणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update