Paschim Express
डडेल्धुरामा नयाँ सिडिओ खटाइए

डडेल्धुरा । डडेल्धुरामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेका बुवाकाे निधन भएका कारण काजक्रियाकाे समयका लागि भनेर नयाँ प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्याैपानेलाई खटाइएको हो ।

न्यौपाने आइतबारदेखि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा हाजिर भएका छन् ।

गृह मन्त्रालयका अनुसार प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेकाे सरुवाकाे विषयमा काजक्रिया बिदाबाट फर्केपछि मात्रै निर्णय हुने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update