Paschim Express
डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी उपाध्यक्षको घर र बगैंचामा आगजनी

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटी बिष्टको घरमा आगजनी गरिएको छ । नवदुर्गा गाउँपालिका वडा नम्बर ४ गिल्लामा रहेको उनको घर र बगैंचामा अज्ञात समूहले आगजनी गरेको हो ।

उपाध्यक्ष बोगटीका अनुसार दिउसो १२ देखि १ बजेको बिचमा आगजनी गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको उनले बताइन् ।

आगलागीबाट घरसंगै ५ सय जती आपको बिरुवा नष्ट भएको छ भने घरमा रहेको ४ सय क्युफिट काठ जलेर नष्ट भएको छ । सोही काठ अवैध रुपमा कटान गरिएको भन्दै केही समयअघि मुद्दा पनि परेको छ ।आगलागीको घटनाबारे प्रहरीलाई खबर गरिएको बोगटीले जानकारी दिइन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले घर र बगैंचामा आगजनी भएको जानकारी प्राप्त भएको बताउँदै थप बुझ्ने काम भइरहेको बताए । `कसैले आगो लगाएको हो वा जङ्गलबाट सल्किएको हो भन्नेबारे बुझिरहेका छौं,´ उनले भने । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update