Paschim Express
दार्चुलामा ४ किलो चरेससहित दुई जना पक्राउ

दार्चुला । दार्चुलामा ४ किलो एक सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।  बुधबार बिहान शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा  मार्मा गाउँपालिका–१ घोल्जरका २८ वर्षीय विर्खसिंह ठगुन्ना र सोही ठाउँका २० वर्षीय  सहदेव ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईन्चार्ज मानसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले मार्माबाट शैल्यशिखरतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा नापतौल गर्ने तराजु ढकसहित उनीहरूलाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update