बैतडी । बैतडीमा मानिसले थापेको पासोमा चितुवा परेको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका–९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको हो ।
चितुवाको उद्धार गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको उद्धार टोली मगाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीप कुमार यादवले बताए ।
चितुवाको उद्धार गर्न डिभिजन वनको टोली, पशु चिकित्सक र प्रहरी घटनास्थल पुगिसकेको छ । शुक्लाफाँटाबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको उद्धार टोली आएपछि पासोमा फसेको चितुवाको उद्धार र उपचार गरिने डिभिजन वन प्रमुख यादवले बताए ।
चितुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा २०६८ यता २८ जना मानिसको शिकार गरिसकेको छ भने जिल्लाका विभिन्न स्थानमा मानिसले थापेको पासोमा परि हालसम्म १२ वटा चितुवा मरिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय