Paschim Express
डडेल्धुराका किशोर अत्तरियाबाट बेपत्ता

डडेल्धुरा । डडेल्धुराका एक किशोर कैलालीको अत्तरियाबाट हराएका छन् । जिल्लाको अमरगढी नगरपालिका–४ घर भएका अन्दाजी १६ वर्षीय आयुष सिलाधर हिजो(मंगलबार) अत्तरियाबाट हराएका हुन् । 

आफ्नो हजुरबुवा, हजुरआमा र भाइसँग अत्तरियादेखि डडेलधुरा आउने क्रममा उनी बसपार्कबाट दिउँसो १ बजेको समयमा हराएको परिवारिक स्रोतले जनाएको छ  । परिवारिक स्रोतका अनुसार आयुषले आफूलाई आइसक्रिम खुवाउने भनेर दुईजनाले लगेको भन्दै अन्तिम मेसेज गरेका थिए । त्यसपछि भने उनको मोबाइल अफ भएको छ ।

उनलाई देख्ने वा भेट्नेलाई नजिकको प्रहरी तथा फोन नम्बर 986-2479871, 986-4773372, 9864323795, 9810644065 र 9848726149 मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update