Paschim Express
मिडियाको आडमा ‘बार्गेनिङ’ गरेको कर्तुतको खुलासा गर्ने पत्रकारविरुद्ध सञ्चालक प्रहरीमा, ‘मुख बन्द गर्न’ भन्दै धम्की

काठमाडौं । मिडियाको दूरुपयोग गरेर ‘बार्गेनिङ’ गरेको र तथ्यहीन समाचार प्रसारण गरेको खुलासा गर्ने पत्रकारविरुद्ध मिडिया सञ्चालक प्रहरीमा गएका छन् । 

रातोपुलमा कार्यालय रहेको बागमती नामको टेलिभिजनका सञ्चालक सुदर्शन खरेलले पूर्व समाचार प्रमुखविरुद्ध प्रहरीमा गएका हुन् । तर, प्रमाण नपुगेको र शंकास्पद भन्दै उनको उजुरी दर्ता भएन ।

विज्ञापन नदिने उद्योग बैंकलगायतका संस्थाका बारेमा तथ्यहीन सामग्री प्रकाशन र प्रसारण गर्न टेलिभिजन सञ्चालकबाट दबाब आएको र थेग्न नसकेको भन्दै समाचार शाखाको जिम्मेवारीमा रहेका कार्यकारी प्रमुख पत्रकार चेतन पाण्डे महासंघ, प्रेस काउन्सिल तथा सूचना तथा प्रसारण विभागमा उजुरी लिएका गएका थिए । 

टेलिभिजनको दुरुपयोग गर्दै  पैसाको बार्गेनिङ गर्ने र विज्ञापन नदिए जथाभाबी समाचार प्रसारण गर्ने आफ्नो कर्तुत खुलासा गरेको भन्दै विभिन्न आरोप लगाएर सञ्चालक आचार्य प्रहरी वृत्त मालिगाउँ गएका हुन् । तर, प्रमाण नभएको भन्दै उजुरी प्रहरीले लिएन ।

आफ्नो मुकुन्डो उतारिदिएका पत्रकार पाण्डेविरुद्ध अध्यक्ष खरेलले कम्यूटरलगायतका सामग्री चारेको दाबी गर्दै उजुरी लेखेका थिए । पाण्डेले पत्रकार महासंघमा उजुरी दिएको २ दिनपछि खरेलले प्रतिसोध साँध्न चोरीको झुटो आरोप लगाएका थिए । खरेलको दाबी भने २ महिनाअघि घटना भएको बताएका छन् । प्रहरीले भने प्रमाण नभएको भन्दै उजुरी नलिए पनि पत्रकार पाण्डे बुधबार प्रहरीबृत्त माली गाउँ गएका थिए ।

प्रहरीले दुई पक्षलाई छलफल गराएको थिए । तर, उजुरीकर्ता खरेलले चोरीको पुष्टि गर्न सकेनन् । उजुरी दर्ता नभए पनि आचार्यले भने आफूलाई धम्काउन नछाडेको पत्रकार पाण्डेको गुनासो  छ ।

‘‘पटक पटक मानसिक तनाव दिने काम भएको छ । नभएको आरोप लगाएर चौकीमा निवेदन दिँदा प्रहरी नदिएपछि फेरि भौतिक कारवाहीको धम्की समेत बाहिरबाट आउन थालेको छ,’’, पीडित पत्रकार पाण्डे बताउँछन् । 

पत्रकार पाण्डे ‘बागमती टेलिभिजन नेटवर्क प्रा.लि. कम्पनीको कार्यकारी प्रमुख समेत थिए । शेयर होल्डर समेत थिए । पत्रकार तथा कर्मचारीलाई तलब दिन आचार्यले पाण्डेलाई जिम्मेवारी दिएका थिए । 

पत्रकार पाण्डकै हस्ताक्षर चल्ने गराइएको थियो । तर, अध्यक्ष खरेलले टेलिभिजनका पत्रकारलाई तल दिएर आफूलाई डुबाएको आरोप लगाएका छन् । 

टेलिभिजनमै काम गरेका कर्मचारीहरू भन्छन्, ‘‘अध्यक्ष आचार्यको पत्रकारलाई पनि तलब नदिने नियत थियो ।

३० वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पत्रकार पाण्डे श्रमजीवी भएकाले अरू कर्मचारी तथा पत्रकारको श्रम खान नहुने भन्दै तलब दिन जोड गर्थे । तर, अध्यक्ष खरेल भने समेसम्म सित्तैमा काम लगाउन चाहन्थे । 

अर्काेतर्फ टेलिभिजनलाई ‘कमाऊ धन्दा’ बनाउन गलत समाचार प्रकाशन÷प्रसारण गरेर व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने, धम्क्याउने जस्ता गैर–व्यावसायिक काम गर्ने गरेको हल्ला सुनिन्थ्यो ।’’

मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपालले पनि ‘मिडियाले बार्गेनिङ गरेको गुनासो आएको’ भन्दै आचारसंहिता विपरीत काम नगर्न सचेत गराउँदै आएको छ ।

कानुन र आचार संहिता विपरीत पत्रकारिताको दुरुपयोग गर्दै समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न र नगराउन तथा हुन नदिनेतर्फ प्रेस काउन्सिलले सजगता अपनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गराइरहेपनि मिडियाको आडमा बाग्मती टेलिभिजनमार्फत आचार्ये ती काम गरेको उजुरी परेको हो । 

आफू त्यो धन्दामा सहभागी हुन नमानेपछि केही महिनाको तबल र शेयरबापतको पैसा समेत नदिएको गुनासो गर्दै पत्रकार पाण्डे पत्रकार महासंघलगायतलाई गुहार्न पुगेका हुन् ।

२०८० साउन असारयता ८ महिनाको तलब नपाएको भन्दै र दिने भनेको १० प्रतिशत शेयरको पैसा नदिएको उनको भनाइ छ ।

बाग्मती टेलिभिजन मकवानपुर हेटौँडामा वाबा वैद्यनाथ खाद्यान्न भण्डार तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका सुदर्शन खरेललगायतको हो । काभ्रेका खरेल सो कम्पनीमा अध्यक्ष र प्रबन्ध निर्देशक छ ।

उनले मकवानपुर हेटौँडाका शुसिप्रसाद सिनुरिया बनियाँसँग मिलेर टेलिभिजन चलाइरहेका छन् । 

३ दशक लामो पत्रकारिता गरेको पाण्डे २ महिनाअघिसम्म बागमती टेलिभिजनमा समाचार प्रमुख थिए । तर, सञ्चालकको दबाब आफूले नमानेको उनले बताएका छन् ।

पत्रकार महासंघमा परेको ९ पेज लामो उजुरीमा अध्यक्ष खरेल र सीइओ मनोज न्यौपानेले व्यापारी, उद्योगपति, बैंकर, नेता, कर्मचारीलाई तर्साउने र ब्ल्याकमेलिङ गर्न मिल्ने कार्यक्रम उत्पादन र प्रसारण गर्न थप दबाब दिएको आरोप लगाइरहेको छ ।

आफूलाई गुमराहमा पारेर केही त्यस्ता कार्यक्रम पनि टेलिभिजनबाट प्रसारण गरिएको र पैसा असुलिएको समेत पत्रकार पाण्डेले खुलासा गरेका छन् ।

अध्यक्ष र सीइओ दुई जनाको मिलेमतोमा केही व्यक्तिसँग रकम उठाइएको पनि सुनेको उल्लेख गर्दै पत्रकार पाण्डेले उजुरीमा लेखेका छन्,
‘‘उता, अध्यक्ष खरेल (सुदर्शन खरेल)र सीइओ न्यौपाने (मनोज न्यौपाने)ले मलाई व्यापारी, उद्योगपति, बैंकर, नेता, कर्मचारीहरूलाई ब्ल्याकमेलिङ गर्ने खालका समाचार तथा रिपोर्ट बनाउन दबाब दिन पनि सुरु गरे । मैले पत्रकारिताको धर्म बाहिर गएर कुनै पनि हालतमा त्यस्तो काम नगर्ने अडान लिएपछि म विरुद्ध षडयन्त्रको सुरुवात भयो । त्यसको गन्ध पाएरै निर्माण कार्य समेत पूर्ण रुपमा सम्पन्न नहुँदै मैले २०८०।०६।०३ गतेदेखि बागमती टेलिभिजनको लोगो परिवर्तन गर्दै न्युज च्यानलका रुपमा नयाँ शैलीमा सञ्चालन गर्न थालेँ । म स्वयंले पनि इनफ इज इनफ नामक कार्यक्रम साताको ६ दिन सञ्चालन गर्न थालेँ । त्यससँगै बागमती टिभीको लोकप्रियतामा केही सुधार आउन समेत थालेको थियो । नयाँ शैलीमा प्रसारण हुन थालेपछि बागमती टेलिभिजनले आफूलाई स्थापित गर्न सक्ने केही छाँट देखिइरहेको त्यो अवस्थामा अध्यक्ष खरेल र सीइओ न्यौपानेले ममाथि व्यापारी, उद्योगपति, बैंकर, नेता, कर्मचारीलाई तर्साउने र ब्ल्याकमेलिङ गर्न मिल्ने कार्यक्रम उत्पादन र प्रसारण गर्न थप दबाब बढाउन थाले । सीइओ न्यौपाने कै पहलमा र मलाई गुमराहमा पारेर एकाध वटा त्यस्ता कार्यक्रम पनि बागमतीमा प्रसारण गरियो । अध्यक्ष र सीइओ दुई जनाको मिलेमतोमा केही व्यक्तिसँग रकम उठाइएको पनि सुनेको थिएँ ।’’

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update