Paschim Express
बझाङको मदिरा र खुद्रा पसलमा आगलागी

बझाङ- बझाङमा मदिरा र खुद्रा पसल भित्र आगलागी भएको छ । बित्थडचिर गाउँपालिका-९ रैकोसीका रमेश बोहराको मदिरा र खुद्रा पसलमा बिहीबार बिद्युतको तार सर्ट हुन गई आगलागी भएको हो ।

आगलागी हुँदा पसलभित्र रहेका खुद्रा तथा मदिरा लागयतका सामानहरु गरि अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update