Paschim Express
डडेल्धुरामा एक गोेठमा आगलागी

डडेल्धुरा । डडेल्धुरामा एक गोठमा आगलागी भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–७ नाउलामा रहेको काठ, ढुङ्गा र माटोले बनेको कच्ची गोठमा आगलागी भएको हो । आगलागीबाट  गोठमा रहेका एक गाई,बाच्छि र एक हल गोरु जलेर घाइते भएका छन् ।

सामुदायिक वनबाट आगो सल्की आगलागी भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धगढीले जनाएको छ। आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो ।  

घटनाको पुर्ण विवरण आएको छैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update