Paschim Express
देहिमाण्डौंका स्थानीय रित्तो गाग्रीसहित वडा कार्यालय पुगे

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर दुई देहिमाण्डौंका स्थानीय रित्तो गाग्रीसहित आन्दोलनमा उत्रिएका छन् । वर्षौंदेखि देहिमाण्डौं बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका उनीहरू रितो गाग्रीसहित आन्दोलनमा उत्रिएका हुन् ।  

समस्या समाधानका लागि सम्बन्धित निकायले आश्वासन मात्रै बाँडेको भन्दै रित्तो गाग्री, बाल्टिन, जर्किन जस्ता पानी थाप्ने भाडासहित आन्दोलनमा उत्रिएका देहिमाण्डौं का स्थानीय युवा गोल्डेन बोहरा तुफानले बताए ।  

खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरुले वडा कार्यालयको गेटमा बिहीबार रित्तो गाग्री राखेर दबाब दिएका हुन् ।  गाउँ क्षेत्रमा पानीको समस्या भएको वर्षौ बितिसकेको भएपनि खानेपानीको उचित मुहान नहुँदा समस्या समाधानमा चुकेको दशरथचन्द  नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुर्य बोहराले बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update