Paschim Express
भासुमा रुख ढलेर अवरुद्ध बनेको भीमदत्त राजमार्ग सुचारु

काठमाडाैं । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग हिजो(बिहीबार)बाट अवरुद्ध भएकोमा आज सुचारु भएको छ । जंगलमा आगलागी हुँदा हिजो राति १० बजेतिर कैलालीकाे चुरे गाउँपालिका–३ भासुभिरमा बाझको रुख ढलेर राजमार्ग अवरुद्ध भएको थियो ।

उक्त रुखलाई आज इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले काटेर पन्छाएपछि राजमार्ग सुचारु भएको हो । रुखलाई बन्चरो र आराले काटेर सडकबाट हटाएपछि सडक पूर्णरुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update