Paschim Express

सूचना र विचारको जगत फराकिलो छ । सोही जगतमा आज हामीले पाइला टेकेका छौं । सूचना र प्रविधिमा आएको अभूतपूर्व विकासले समाचार ग्रहणका तौरतरिका बदलिएका छन् । अक्सर युवापुस्ताले सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् । त्यसैलाई समाचार ग्रहणको माध्यम पनि ।

हामी लामो समय देखि पत्रकारितामा क्रियाशिल रहेको पत्रकारहरु एकजुट भएर बदलियो बिश्व माझको आवश्यकतालाई महसुश गर्दै यो अनलाईन संचालन गरिएको हो । हाम्रो मुल मन्त्र नै समाजका भएका बिकृति र बिसंगतीहरुलाई निरुत्साहित गर्ने र समाज भएका राम्रो कामकाे उजागर गर्दै समाज परिवर्तनको संवाह बन्ने चाहाना हाे । हामी नत कुनै धर्म, न त कुनै समप्रदार्य, जातजाति बिशेष  र नत कुनै दल बिशेषमा केन्द्रित हुने छैनौं । पछिल्लो अवस्थामा बढ्दो भ्रष्टाचारलाई निरुत्साहित गदैं सभ्य समाजको परिकल्पनामा छौं । 

हामी त्यो असंगठित जनसंख्यासँग सहकार्य गर्न पनि आएका हौं । त्योसंगै पश्चिम एक्सप्रेसमा बस्तुपरक र यथार्थपरक सामग्रीको गहिराइ, उचाइ र फैलावट यहाँले अनुभव गर्न सक्नुहुनेछ । त्यसबाहेक नामले नै स्पष्ट पार्छ, हामी नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रमा राखेर आफ्नो उपस्थितीलाई स्थापित गर्नेछौं । त्यो उपस्थिती हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको सहयोग र सुझावबाट अनुमोदन हुनेछ ।

त्यसैले आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग पु¥याउन हामी अनुरोध गर्दछौं । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगरी स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग हुबहु उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । हाम्रो अस्तित्व तबसम्म मात्र छ, जबसम्म यहाँहरू आलोचक, शुभेच्छुक र विज्ञापकका रूपमा हामीसंग जोडिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Weather Update